२९ चैत्र २०८२, आइतबार । April 13, 2026

आईसीसी टी–२० अलराउन्डर वरीयतामा भारतका हार्दिक पान्ड्या पहिलो नम्बरमा


१९ असार २०८१, बुधबार  

1.3k
Shares

एजेन्सी । भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय ४४ रन बनाउँदै ११ विकेट लिएका थिए ।

हार्दिक श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै विश्वको नम्बर एक टी–२० अलराउन्डर बनेका हुन् । उनी टी–२० वरीयतामा नम्बर एक अलराउन्डर बन्ने पहिलो भारतीय खेलाडी हुन् । हसरङ्गा दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस १ स्थान सुधार गर्दै तेस्रो स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् । यसैगरी टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे ७ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेको छ ।

यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा यथावत् छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व