२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आईसीसी टी–२० अलराउन्डर वरीयतामा भारतका हार्दिक पान्ड्या पहिलो नम्बरमा



एजेन्सी । भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय ४४ रन बनाउँदै ११ विकेट लिएका थिए ।

हार्दिक श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै विश्वको नम्बर एक टी–२० अलराउन्डर बनेका हुन् । उनी टी–२० वरीयतामा नम्बर एक अलराउन्डर बन्ने पहिलो भारतीय खेलाडी हुन् । हसरङ्गा दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस १ स्थान सुधार गर्दै तेस्रो स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् । यसैगरी टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे ७ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेको छ ।

यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा यथावत् छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको