२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

उपत्यका भित्रका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह



काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार धोविखोला, बिष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा छ। कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ। बुढानिलकण्ठ क्षेत्रमा एक घन्टामै २५ दशमलव ६ मिलिमिटर वर्षा हुँदा धोबीखोलामा जलसतह बढिरहेको हो। बुढानिलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९ दशमलव ४ मिमि वर्षा भएको छ।

यसैगरी, बिष्णुमती खोला गोङ्गबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१ दशमलव ८ मिमि पानी परेको छ।

निरन्तरको बर्षाले नदीमा पानीको बहाव बढ्दै गएकाले नदी किनाराका बासिन्दालाई सचेत हुन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय