८ आश्विन २०८३, बिहिबार । September 24, 2026

भारतको आसाममा बाढी, हालसम्म ३८ जनाको मृत्यु


१९ असार २०८१, बुधबार  

135
Shares

एजेन्सी । भारतको आसाममा भारी बर्षासँगै आएको बाढीले हालसम्म ३८ जनाको मृत्यु भएको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भएको छ । योसँगै हासम्म मृत्यु हुनेको संख्या ३८ पुगेको हो । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।

प्रशासनले बाढी प्रभावित जिल्लामा ४ सय ८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ, जहाँ लगभग २ लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् । बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाउँमा उद्धार कार्यमा संलग्न छन् । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग २ हजार ९ सय जनालाई उद्धार गरिएको छ । एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, ६ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्‍याएको छ भने पाँचवटा तटबन्धलाई तोडेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको