२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टी–२० विश्वकप २०२६

यी १२ देशको स्थान सुरक्षित, नेपालले कुन–कुन देशसँग प्रतिष्पर्धा गर्नुपर्छ ?


१९ असार २०८१, बुधबार  

63.4k
Shares

एजेन्सी । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा १२ देशले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार भारत र श्रीलंकाले आयोजक राष्ट्रका रुपमा २०२६ को टी–२० विश्वकपमा प्रतिष्र्धा गर्नेछन् । यसबाहेक अमेरिका र वेष्टइन्डिजमा सम्पन्न भएको टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेर सुपर–८ मा पुगेका टोलीहरुले पनि स्थान सुरक्षित गरेका छन् । जसमा साउथ अफ्रिका, अमेरिका, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिज रहेका छन्।

त्यसबाहेक सुपर ८ मा स्थानमा स्थान नबनाए पनि आईसिसी टी–२० वरीयता २०२४ जुन अनुसार ७ औँ स्थानमा रहेको पाकिस्तान, छैटौँ स्थानमा रहेको न्यूजिल्यान्ड र ११ औँ स्थानमा रहेको आयरल्यान्डले पनि सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकपमा स्थान बनाइसकेको छ। त्यसबाहेकका अन्य ८ टीमले क्षेत्रीय प्रतियोगिताबाट आईसिसी टी–२० पुरुष विश्वकपका लागि आफ्नो स्थान बनाउने छन्।

क्षेत्रीय प्रतियोगिताका लागि पनि टीमहरू सुनिश्चित भइसकेका छन्। जसमा अफ्रिकी क्षेत्रबाट युगान्डा, जिम्बावे र नामिबिया रहेका छन्। तर, यी तीनलाई चुनौती दिन नाइजेरिया, तान्जिनिया र केन्या तयारी गरिरहेका छन्। अमेरिकी क्षेत्रबाट क्यानडा र बर्मुडालाई चुनौती दिन अर्जेन्टिना र पनामा प्रतिस्पर्धामा रहने छन्। नेपाल र ओमानले पहिला नै एशियन क्षेत्रका लागि स्थान बनाइसकेका छन् भने युएई पनि प्रतिस्पर्धामा हुनेछ।

त्यसबाहेक उपक्षेत्रीय छनोटमा बहराइन, कुवेत र कतार तीन टोलीको रूपमा खेलमा आफ्नो छाप छोड्न तयारीमा जुटेका छन् भने हङकङ र मलेसिया पनि लाइनमा हुनेछ। इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पपुआ न्यूगिनीका लागि जापान ठूलो प्रतिस्पर्धी हुनेछ।

केन्डेल काडोवाकी–फ्लेमिङको टोलीले आफ्नो उप–क्षेत्रीय छनोटमा इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियालाई जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व