१८ पुस २०८२, शुक्रबार । January 2, 2026

म्यानमाको बाढीमा हजारौँ बासिन्दाहरू घरभित्रै फसे



एजेन्सी । उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसेका र बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलबार जनाएको छ ।

राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ। राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको सहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ । “पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दाहरू अझै पनि आफ्नो घरभित्र फसेका छन् ।

सहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्“, माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए । स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरहरूमा बाढीका कारण डुबानमा परेका भवनहरू र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरुको दयनिय अवस्था देखाइएको थियो ।

वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together