२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

सप्तकोशीमा पानीको बहावले खतराको तह नाघ्यो, सावधानी अपनाउन आग्रह



कोशी । देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ ।

निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । यस्तै सिन्धुली, इलाम, मोरङ, सप्तरी, बारा, कञ्चनपुर, पोखरा आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेकाले यस क्षेत्र भई बहने खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा भएको छ ।

कैलालीमा एक सय १२, सिन्धुपाल्चोकमा ८३ दशमलव ६ र बर्दीयामा ८० दशमलव ६ मिलिमिटर वर्षा भएको छ । मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको