१८ पुस २०८२, शुक्रबार । January 2, 2026

चीनमा भारी वर्षासँगै आएको बाढीले करिब दुई लाख व्यक्ति विस्थापित



एजेन्सी । चीनको अन्हुई प्रान्तमा परेको निरन्तरको बर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसहरूलाई वासस्थान बाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार बिहानसम्म, अन्हुईका छ प्रान्तीय शहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले ठुलो क्षति पुर्याएको छ । चीनको सबैभन्दा लामो याङ्जी नदीको अन्हुई खण्डमा पानीको सतह खतराको रेखाभन्दा बढी कायम भएको छ ।

मुसलधारे वर्षाका कारण प्रान्तका अन्य १९ वटा नदीमा पनि पानी सतर्कताका लागि तोकिएको तहभन्दा माथि पुगेको छ । पछिल्लो २४ घन्टादेखि प्रान्तको ठूलो भूभागमा भारी वर्षा हुदाँ २ सय ५८ वटा स्टेसनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको देखिएको छ । योमध्ये सबैभन्दा अधिकतम बर्षा २ सय ५५ मिलिमिटर थियो ।

वर्षा र बाढीको आपतकालीन प्रतिक्रियामा, याङ्जी नदीको किनारमा रहेका पाँचवटा सहरसहित अन्हुईका आठवटा सहरका अधिकारीले कुल २६ हजार नागरिकलाई गस्ती गरी सावधानी अपनाउन भनेका छन् ।

अन्हुई मौसम विज्ञान केन्द्रका अनुसार, आगामी २४ घन्टा देखि सोमबारसम्म, याङ्जे नदीको किनार र दक्षिणी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य