१८ पुस २०८२, शुक्रबार । January 2, 2026

टी–२० विश्वकप

‘टिम अफ द टुर्नामेन्ट’ मा भारतका ६ जना खेलाडी



एजेन्सी । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ ।

जसमा उपाधि विजेता भारतीय टोलीका ६ जना खेलाडी आईसीसी टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् । जसमा भारतबाट कप्तान रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, जसप्रीत बुमराह र अर्शदीप सिंह रहेका छन् । रोहितले प्रतियोगिताभरि ३ अर्धशतकसहित २ सय ५७ रन बनाएका थिए ।

यस्तै सूर्यकुमारले २ अर्धशतकसहित १ सय ९९ रन, हार्दिकले १ सय ४४ रन र ११ विकेट, अक्षरले ९२ रन र ९ विकेट, बुमराहले १५ विकेट र अर्शदीपले १७ विकेट लिएका थिए । यसैगरी ‘टिम अफ द टुर्नामेन्ट’ मा अफगानिस्तानका रहमनुल्लाह गुरबाज, वेस्ट इन्डिजका निकोलस पूरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस, अफगानिस्तानका राशिद खान र फजलहक फरूकी तथा १२ औँ सदस्यका रूपमा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे रहेका छन् ।

गुरबाजले ३ अर्धशतकसहित सबैभन्दा धेरै २ सय ८१ रन, पूरनले १ अर्धशतकसहित २ सय ८८ रन, स्टोइनिसले १ सय ६९ रन र १० विकेट, राशिदले १४ विकेट, फरूकीले १७ विकेट, एनरिचले १५ विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य