११ असार २०८३, बिहिबार । June 26, 2026

विभिन्न नक्कली कम्पनी खडा गरि ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ


१७ असार २०८१, सोमबार  

51
Shares

काठमाडौं । नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो । केन्द्रीय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट एक हजार तीन सय तीन दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट ६३२ दशमलव ७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रा.लि.बाट ७१६ दशमलव ८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७० दशमलव ८ र रेडि ट्रेड प्रालिबाट ७ दशमलव ५ केजी सुन पैठारी भएको बताएको हो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल दुई हजार ८३१ दशमलव ८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७ सय २० रुपियाँ हुन जाने बताए । त्यस्तै ब्रेक सुजमा लुकाई छिपाई ल्याएको अवैध सुन ३६२ दशमलव ७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाई छिपाई ल्याएको अवैध सुन २८ सय ३१ दशमलव ८९ केजी गरी कुल अवैध सुन तीन हजार १९४ दशमलव ६६८ केजी र जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ बराबर रहेको उनले बताए ।

पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोईटे, सोही स्थानका वर्ष २१ कै प्रशान्त गणेश बजबलकर, स्थायी ठेगाना चीन सिचुआन प्रदेश छेदुङ भई हाल काठमाडौँ बस्ने वर्ष ४१ का राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी, जिल्ला काभ्रेपलाञ्चोकका वर्ष ४४ का थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्सा वीरगन्ज महानगरपालिका १६ का वर्ष ५३ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका वर्ष ३९ का राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं रहेका छन् ।

अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई दुई खर्ब ६६ अर्ब ६७ करोड नौ लाख नौ हजार ३०८ रुपियाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० दशमलव ९० रुपियाँ, क्रिप्टो करेन्सीतर्फ एक खर्ब ४९ अर्ब ६८ लाख २८ करोड सात हजार ८८६ रुपियाँ, नेपाल राष्ट्र बैङ्क ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२ दशमलव ७६ बिगो मागदाबी छ ।

त्यस्तै पेवेल नेपाल प्रा.लि. ६१ अर्ब ५० करोड २७ लाख नौ हजार २३३, सजिलो पे पेमेण्ट सर्भिसेज प्रा.लि.तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ र अन्य प्रतिवादीहरूबाट पाँच अर्ब १८ करोड १५ लाख ९१ हजार ९६४ दशमलव ७६ बिगो माग दाबी गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर