२१ मंसिर २०८२, शनिबार । December 7, 2025

पेरिसमा निजी जेट दुर्घटना, तीन जनाको मृत्यु



एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ ।

त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् । प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १ सय ७२ हो ।

जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो । राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ ।

विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको