६ आश्विन २०८३, मंगलबार । September 22, 2026

नाउपा संसदीय दलको नेताबाट रञ्जिता आउट, गंगाराम चौधरी इन


१७ असार २०८१, सोमबार  

12
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा गंगा चौधरी चयन भएका छन्।

आइतबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन्। बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन्। पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन्।

गंगाराम चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतक थिए। बैठकले उनी प्रमुख सचेतकको लालवीर चौधरीलाई जिम्मेवारी दिएको छ। संसद् सचिवालयमा दलको नेता चयनसम्बन्धी पत्र आजै दर्ता गर्ने सांसद गंगाराम चौधरीले जानकारी दिए। उनीहरुले अरुण चौधरीलाई मन्त्री सिफारिस गर्ने तयारी गरेका छन्। पछिल्लो समय रेशम चौधरी र रञ्जिताबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद हुँदै आएको छ।

उक्त विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको थियो।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा