२ कार्तिक २०८३, सोमबार । October 19, 2026

नाउपा संसदीय दलको नेताबाट रञ्जिता आउट, गंगाराम चौधरी इन


१७ असार २०८१, सोमबार  

12
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा गंगा चौधरी चयन भएका छन्।

आइतबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन्। बैठकमा चार सांसदमध्ये तीन जनाले हस्ताक्षर गरेका छन्। पार्टीका चार सांसदमध्ये गंगाराम चौधरी, अरुणकुमार चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि श्रेष्ठ एक्लिएकी छन्।

गंगाराम चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतक थिए। बैठकले उनी प्रमुख सचेतकको लालवीर चौधरीलाई जिम्मेवारी दिएको छ। संसद् सचिवालयमा दलको नेता चयनसम्बन्धी पत्र आजै दर्ता गर्ने सांसद गंगाराम चौधरीले जानकारी दिए। उनीहरुले अरुण चौधरीलाई मन्त्री सिफारिस गर्ने तयारी गरेका छन्। पछिल्लो समय रेशम चौधरी र रञ्जिताबीच पार्टी सञ्चालनको विषयलाई लिएर विवाद हुँदै आएको छ।

उक्त विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको थियो।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि