१८ पुस २०८२, शुक्रबार । January 2, 2026

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रविन्द्र जडेजाको पनि सन्यास घोषणा



एजेन्सी । भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी–२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ ।

म मेरो टी–२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद । बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी–२० विश्वकप जितेको छ ।

विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य