१८ पुस २०८२, शुक्रबार । January 2, 2026

युरोकप २०२४

स्लोभाकियालाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा



एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको खेलमा स्लोभाकियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ज्युड बेलिंघमले इन्ज्युरी समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारबाट जोगाएका थिए। ९० मिनेटपछि ६ मिनेट थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा बेलिंघमले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसअघि २५ औं मिनेटमा स्लोभाकियाका इभान स्क्रन्जले गोल गर्दा इंग्ल्याण्ड १–० गोलले पछाडि परेको थियो।

बेलिंघमले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो मिनेटमै ह्यारी केनले हेडमार्फत उत्कृष्ट गोल गरेपछि इंग्ल्याण्ड २–१ गोलले अघि बढेको थियो।

उनको त्यो गोल निर्णायक बन्दा इंग्ल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। पराजय भएको स्लोभाकिया प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य