२३ बैशाख २०८३, बुधबार । May 6, 2026

असार १६ गते आइतबार दिनभर के–के भयो ?

दिनभर शिर्ष नेताको भागदौड, राजनीतिक उथलपुथलको संकेत ! प्रचण्ड–ओलीलाई रविको चुनौती ! संसद्मा मस्त निदाइरहेका सांसद्हरु ! नेतालाई तारे होटलमा भात जनतालाई छैन सुत्ने खाट…


१६ असार २०८१, आइतबार  

228
Shares

राजनीतिक कोर्स फेर्ने ओलीको संकेत !
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख समेत गरेका छन् ।

नेताले तारे होटलमा भात खाँदैमा समाजवाद आउँदैनः सीके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जजता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने बताए । उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने पनि बताए ।

प्रचण्ड–ओलीलाई रविको प्रश्न
रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने समेत बताए । उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताए ।

प्रचण्डलाई माधवको सुझाव
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको टिप्पणी गरेका छन् । आइतबार पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै अहिले पनि विघटन गरेर ठीक गरियो भनेर बोल्ने गरेको सुनेको भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरे । अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको पनि बताए ।

माधव नेपाललाई प्रचण्डको धम्की !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन् । आइतबार एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताए । साथै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकोमा खुशी व्यक्त गरे तर आफूलाई अस्थिर भनेकामा भने असन्तुष्टि व्यक्त गरेका छन् । आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डको दाबी छ ।

नेपाल पेचिलो परिस्थितिमा छः विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । आतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको धु्रवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताए । उनले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको पनि बताए ।

कमिसनतन्त्र र भ्रष्टाचारले देश सक्यो
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए । उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बताए । उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए ।

संसद्मा सुतिरहेका सांसद्हरु !
उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरु निदाउने गरेको टिप्पणी गरेकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् । उपसभामुख रानाले संसद् बैठकमा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ७ दिन हिरासतमा रहने
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेको मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको