१७ पुस २०८२, बिहिबार । January 2, 2026

कोपा अमेरिका २०२४

अमेरिकामाथि पानामाको शानदार जित



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत गएराति भएको खेलमा पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ ।

कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक–एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।

पानामाले १–० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए । पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ । अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्ने छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य