१ कार्तिक २०८३, आइतबार । October 18, 2026

टी-२० बिश्वकप

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा


१४ असार २०८१, शुक्रबार  

9.3k
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए ।

कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

जस्प्रित बुमराहले २.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि