१७ पुस २०८२, बिहिबार । January 2, 2026

टी–२० विश्वकप

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा



एजेन्सी । जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

बिहीबार बिहान भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो। वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८ दशमलव ५ ओभर पूरा गर्यो। दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान ऐडन मार्करमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले।

त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए। उनलाई अफगानिस्तानका फजलहक फारुकीले बोल्ड आउट गरेका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको ११ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो।

पहिलोपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य