१७ पुस २०८२, बिहिबार । January 2, 2026

युरोकप २०२४

नकआउट चरणको समीकरण पूरा, यस्तो बन्यो समीकरण…



एजेन्सी । जारी युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ ।

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा समुह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् । त्यस्तै समुह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समुहबाट सर्बिया बाहिरिएको छ ।

त्यस्तै समुह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुदै नक आउटमा पुगेको छ । त्यसैगरी समुह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुदै नक आउटमा पुगेको छ ।

त्यस्तै समुह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहदै नक आउटमा पुगेको छ । अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ । त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ ।

त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ । नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य