२० श्रावण २०८३, बुधबार । August 5, 2026

विविध सांस्कृतिक प्रदर्शनीः EIMUN 2024 मा संस्कृति र कूटनीति संगै


१२ असार २०८१, बुधबार  

18
Shares

काठमाडौं । यूथ थिन्कर्स सोसाइटी द्वारा आयोजित एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) 2024 मा कूटनीति सङ्गै सांस्कृतिक प्रदर्शनी समेत प्रस्तुत गरिएको छ ।

सोमबार देखि काठमाडौंमा सुरु भएको एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको नवौँ संस्करण अन्तर्गत मङ्गलबार विभिन्न दश वटा देशबाट सहभागिता जनाउन काठमाडौं आयका युवाहरूले आ–आफ्नो देशको सस्कृती झल्कने गरी प्रस्तुति प्रदर्शन गरेका थिए । सोमबार देखि सुरु भएको यो सम्मेलन शुक्रवार सम्म चाल्ने छ । यस सम्मेलनमा १० देशका २ सय भन्दा बढी युवा प्रतिनिधिहरू सहभागी भएका छन् ।

विविध संस्कृतिहरू, भाषाहरू, परम्पराहरू र इतिहासहरूको पर्व प्रकाश पार्दै, ग्लोबल भिलेज नामक कार्यक्रमको खण्डमा १० देशका युवाहरूले सांस्कृतिक प्रदर्शन गरेका हुन । आफ्नो मातृभूमिलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले परम्परागत सङ्गीत र नृत्य प्रस्तु गरेका थिए । सांस्कृतिक साँझमा नेपालको शान्त कुमारी नृत्यु र श्रीलङ्काको मोहक नृत्यबाट सुरु गरिएको थियो । भारतका प्रतिनिधिले आफ्नो नृत्य मार्फत प्राचीन सांस्कृतिक खजाना प्रस्तुत गरे ।

अन्य देशका प्रतिनिधिहरू आ–आफ्नो देशको   सांस्कृतिक    पोसाकमा सजिएर गर्व र शालीनताका साथ आफ्ना राष्ट्रिय झन्डाहरू फहराएका थिए । परम्परागत प्रदर्शनहरूले EIMUN लाई कूटनीति मात्र नभई सांस्कृतिक आदानप्रदान मार्फत पनि युवाहरूलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको यूथ थिन्कर्स सोसाइटीका संस्थापक चेवन राईको भनाई छ ।

यूथ थिन्कर्स सोसाइटी द्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो पाँच दिने सम्मेलनले युवाहरूलाई मानवीय सुरक्षा सङ्कट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखेको छ।

सम्मेलनमा बङ्गलादेश, भारत, जापान, सुडान, काजकिस्तान, किर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, र श्रीलङ्का जस्ता देशका युवाहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध