२० श्रावण २०८३, बुधबार । August 5, 2026

देशभर बाढी र पहिरोको वितण्डाः लमजुङमा ३ घर पुरिए, विराटनगर जलमग्न


१२ असार २०८१, बुधबार  

84
Shares

एजेन्सी । देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी हालसम्म ४ जनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् ।

यस्तै ४ जना घाइते भएका छन् । मंगलबार रातिदेखिको वर्षाका कारण पहिरो जाँदा कास्कीमा २ जना बालबालिका, मोरङमा १ जना र ओखलढुंगामा १ जनाको मृत्यु भएको छ। यस्तै मोरङमा २ जना र ओखलढुंगामा १ जना गरी ३ जना बेपत्ता भइरहेका छन् । उनिहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । यता, निरन्तरको बर्षासँगै आएको बाढीका कारण विराटनगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी, दरैया, मलानमालगायत क्षेत्र डुबान भएका हुन् । यस्तै, वर्षाका कारण बुटवल पनि जलमग्न भएको छ । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएको छ । यस्तै कास्कीमै पहिरोका कारण पृथ्वी राजमार्ग समे अवरुद्ध भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं.१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको हो ।

कास्कीमा पहिरोमा परि मृत्यु हुनेमा मादी गाउँपालिका ५ की १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेर १५ मिनेटतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो। हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरिएको थियो ।

त्यस्तै,पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीको भनाई छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको बताइएको छ। यसैबिच, मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। मृत्यु हुनेमा फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनका अनुसार बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। यस्तै,ओखलढुंगामा पनि पहिरोले घर गोठ पुरिएको छ।

चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध