१७ पुस २०८२, बिहिबार । January 2, 2026

कोपा अमेरिका २०२४

अर्जेन्टिनासँग चिली १–० गोल अन्तरले पराजित



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलमा दबाब बनाएको अर्जेन्टिनाले ८८औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेसँगै अग्रता लिएको हो । उक्त गोल निर्णायक बन्दा अर्जेन्टिना १–० ले विजयी भएको हो । चिलीले २ वटा पहेँलो कार्ड पाएको खेलमा अर्जेन्टिनाले ११ वटा कर्नर प्रहार गरेको थियो । यो जितसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ ।

अर्जेन्टिनाले खेलेका २ खेलमा जित निकाल्दै ६ अंकसहित आफूलाई शीर्ष स्थानमा राखेको हो । यससँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा आफ्नो स्थान पनि सुरक्षित गरेको छ । त्यस अगाडि यसै समूहको खेलका क्यानाडाले पेरुलाई १–० ले हराएको थियो । अर्जेन्टिनाको पछाडि दोस्रोमा क्यानाडा तीन अंकमा रह्यो ।

पेरु र चिलीको एक एक अंक छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानाडालाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य