७ मंसिर २०८१, शुक्रबार । November 23, 2024

कास्कीमा पहिरोः दुई बालबालिकाको मृत्यु, एक घाइते



कास्की । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ ।

उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ ।

घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ ।

उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ

महाकाली सन्धि राष्ट्रहितमा थियोः एमाले महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर

यू-२० महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले २० वर्षमुनिको

आईपीएलको नयाँ सिजन आउँदो मार्च १४ बाट सुरु हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको

मकवानपुरमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा