१७ पुस २०८२, बिहिबार । January 2, 2026

युरोकप २०२४

पोल्याण्डसँग बराबरी खेल्दै फ्रान्स नकआउट चरणमा



एजेन्सी । युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टिमले गोल गरे । एमबाप्पेले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस जितले फ्रान्स समूह डी को विजेता बन्ने पक्का थियो ।

तर, पोल्याण्डले पनि पेनाल्टी पायो र कप्तान रोवर्ट लेवान्डोस्कीले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि फ्रान्स ५ अंक जोडेर समूह डी को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । उपविजेता बन्दा फ्रान्सका लागि आगामी यात्रा कठिन हुनेछ ।

किनभने नकआउट चरणमा फ्रान्ससिहत जर्मनी, स्पेन र पोर्चुगल जस्ता टोली एकै पुलमा पर्नेछन् । यी मध्ये एक टोली मात्र फाइनल पुग्नेछ ।

यसअघि नै लगातार दुई खेल हारेर बाहिरिसकेको पोल्याण्डको खातामा भने १ अंक मात्र रह्यो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य