२३ माघ २०८२, बिहिबार । February 6, 2026

टी–२० विश्वकप

भारतको अपराजित यात्रा कायमै, अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा



एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको छ ।

भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ८१ रन बनाउन सकेको थियो । अस्ट्रेलिया भने आफ्नो सेमिफाइनल यात्राको लागि मंगलबार बिहान हुने अफगानिस्ता र बंगलादेशबीचको खेलमा निर्भर रहनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

यदी बंगलादेशले अफगानिस्तालाई हराएको खण्डमा भने अस्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । भारत विरुद्धको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए ।

मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । टिम डेभिडले ११ बलमा १५ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे ।

मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल