१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

भारतको अपराजित यात्रा कायमै, अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा



एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको छ ।

भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ८१ रन बनाउन सकेको थियो । अस्ट्रेलिया भने आफ्नो सेमिफाइनल यात्राको लागि मंगलबार बिहान हुने अफगानिस्ता र बंगलादेशबीचको खेलमा निर्भर रहनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

यदी बंगलादेशले अफगानिस्तालाई हराएको खण्डमा भने अस्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । भारत विरुद्धको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए ।

मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । टिम डेभिडले ११ बलमा १५ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे ।

मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य