१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

अस्ट्रेलियामाथि अफगानिस्तानको रोमाञ्चक जित



एजेन्सी । जारी टी–२० विश्वकपको सुपर–८ चरण अन्तर्गत आइतबार बिहान भएको खेलमा अफगानिस्तानले अस्ट्रेलियामाथि २१ रनको ऐतिहासिक जित निकालेको छ ।

टी–२० खेलमा अफगानिस्ताले अस्ट्रेलियालाई हराएको यो पहिलो पटक हो । अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुदै १ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए ।

त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४८ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तानले सुपर आठको समुह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य