२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टी–२० विश्वकप

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १ सय ४९ रनको लक्ष्य


९ असार २०८१, आइतबार  

105
Shares

एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गतका सुपर–८ को यतिबेला भइरहेको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो । राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो ।

पहिलो विकेटको लागि १५ दशमलब ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो । ४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले । जतिबेला अफगानस्तानको स्कोर बोर्डमा ११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाको लागि प्याट कमिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व