१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १ सय ४९ रनको लक्ष्य



एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गतका सुपर–८ को यतिबेला भइरहेको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो । राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो ।

पहिलो विकेटको लागि १५ दशमलब ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो । ४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले । जतिबेला अफगानस्तानको स्कोर बोर्डमा ११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाको लागि प्याट कमिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य