२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युरोकप २०२४

फ्रान्स र नेदरल्याण्ड्स गोलरहित बराबरी



एजेन्सी । जारी युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

शुक्रबार राति जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । समूह ‘डी’मा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक(एक अंक थपेपछि दुवैको समान चार(चार अंक भएको छ । यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे खेल्न पाएनन् ।

अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो । नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन ।

अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको