१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

भारतको अपराजित यात्रा जारी, अफगानिस्तान ४७ रनले पराजित



एजेन्सी । जारी आईसीसी टी–२० विश्वकपमा गएराति भएको खेलमा भारतले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

सुपर–८ अन्तर्गत समूह १ को पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको हो । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए ।

२० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे भने गुलबदिन नाइबले २१ बलमा १७ रन बनाए । मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य