१७ पुस २०८२, बिहिबार । January 1, 2026

डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा, करोडौंको क्षति



बुटवल । बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ।

बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार क्षतिको एकिन विवरण अझै आइसकेको छैन। तर, करोडौँको क्षति भएको आकलन गरिएको छ।

आगो नियन्त्रणका लागि छिमेकी तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगरपालिका भैरहवा, देवदह नगरपालिका, सुनवल नगरपालिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र शिवराज नगरपालिका कपिलवस्तुका दमकल प्रयोग गरिएको थियो। तीन तलाको मार्टको माथिल्लो तलाबाट आगो लागेको थियो। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयबासी लगायतको सहयोगबाट बस्तीमा आगो जानबाट जोगिएको छ। बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ता चप्पलको मेला लाग्ने गर्छ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य