२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा, करोडौंको क्षति


६ असार २०८१, बिहिबार  

6
Shares

बुटवल । बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ।

बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार क्षतिको एकिन विवरण अझै आइसकेको छैन। तर, करोडौँको क्षति भएको आकलन गरिएको छ।

आगो नियन्त्रणका लागि छिमेकी तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगरपालिका भैरहवा, देवदह नगरपालिका, सुनवल नगरपालिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र शिवराज नगरपालिका कपिलवस्तुका दमकल प्रयोग गरिएको थियो। तीन तलाको मार्टको माथिल्लो तलाबाट आगो लागेको थियो। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयबासी लगायतको सहयोगबाट बस्तीमा आगो जानबाट जोगिएको छ। बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ता चप्पलको मेला लाग्ने गर्छ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ