२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युरोकप २०२४

हंगेरीलाई हराउँदै जर्मनी बन्यो अन्तिम १६ मा पुग्ने पहिलो टोली



एजेन्सी । युरोकप २०२४ अन्तर्गत बुधबार राति भएको समूह ए को खेलमा हंगेरीलाई हराउँदै आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ ।

यो सँगै जर्मनी अन्तिम १६ मा पुग्ने पहिलो टोली समेत बनेको छ । बुधबार राति भएको खेलमा जर्मनीले हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको २२ औँ मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै जमाल मुसियालाले जर्मनीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा गुन्डोगानले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

जर्मनीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि ५–१ को शानदार जित निकालेको थियो । यता, पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी भने प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको छ । अर्को खेलमा स्कटल्यान्डलाई हराए मात्र टोली अर्को चरणमा पुग्ने आशा बाँकी रहन्छ । यसका लागि पनि टोली अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।

२ खेलपछि ६ अङ्क बटुलेर जर्मनी समूह एको शीर्ष स्थानमा छ । १ खेलबाट ३ अङ्कसहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको