१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भयो अमेरिका



एजेन्सी । जारी टी–२० विश्वकपमा सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८० रनको योगदान दिए अमेरिकालाई जित दिलाउन सकेनन् । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे । उनले हरमित सिंहसँग मिलेर टोलीका लागि छैटौँ विकेटमा ४३ बलमा ९१ रनको रेकर्ड साझेदारी गरे । सिंहले २२ बलमा ३८ रन जोडे ।

ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कोरी एन्डरसनले १२ बलमा १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चिए । केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य