८ चैत्र २०८२, आइतबार । March 23, 2026

आईसीसी टी–२० वरियतामा दीपेन्द्रसिंहको अवस्था सुधार, भारतका हार्दिक पाण्ड्यालाई उछिने


५ असार २०८१, बुधबार  

1.4k
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।

श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् । त्यस्तै, दीपेन्द्र पछाडी सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् ।

नेपालकै कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ । यसअघि ३५औं स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औं स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा उक्लिएका छन् । गुल्सन झा भने ६ वरियता खस्किएका छन् ।

यसअघि उत्कृष्ट १०० मा नै नपरेका कुशल भुर्तेल भने यस पटक ४३ स्थान सुधार गर्दै ७० औं स्थानमा आएका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो