२१ असार २०८३, आइतबार । July 5, 2026

असार ५ गते बुधबार दिनभर के–के भयो ?

प्रहरी जवानको मृत्यु ! दुग्ध किसान आक्रोशित ! घरघरमा नगर प्रहरी ! ऐरीको वरीयता सुधार…


५ असार २०८१, बुधबार  

72
Shares

प्रहरी जवानको मृत्यु
नयाँ बानेश्वस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिए प्रहरी जवान अजित गोले, आफैलाई गोली हानि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष ।।

दुग्ध किसान आक्रोशित
५ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि डीडीसी र निजी दुग्ध उद्योगमाथि किसानको आक्रोश, सरोकारवाला निकायबाट आश्वासन मात्रै, दुग्ध व्यवसायीको छुट्टै गुनासो, सामान बिक्री नहुँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनौँ ।

कांग्रेसको व्यङ्ग्य
कांग्रेस सांसद श्यामकुमार घिमिरेले गरे भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठको चर्को आलोचना, एमालेमाथि व्यङ्ग्य, उपप्रधानमन्त्री सहित सरकारको नेतृत्व गरेर पठाउने नेकपा एमालेलाई हार्दिक बधाई छ ।

डेंगुको जोखिम उच्च
७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी, पुसको मध्यदेखि हालसम्म १ हजार १ सय ७५ जनामा संक्रमण पुष्टि, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तुलनात्मक रुपमा डेंगु फैलिने क्रम यस वर्ष तीब्र ।

सेनाका महासेनानी बर्खास्त
नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त, उमेरसम्बन्धी विवादमा दोषी ठहर ।

घरघरमा नगर प्रहरी
ललितपुर महानगरको सेवा प्रवाह टाइम कार्ड प्रणालीमा, गुनासो सुन्न ‘घरघरमा नगर प्रहरी’ अभियान, मुस्कान सहितको सेवा व्यावहारिक रुपमा लागु हुने नीति तथा कार्यक्रममा उल्लेख ।

बजेट रिराइट गर्नुपर्छ
भौतिक मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाइ, मन्त्रीहरुले बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने गैरजिम्मेवार काम गरेको आरोप ।

ऐरीको वरीयता सुधार
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा ३ स्थान सुधार, भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिने, वरियता सुधार्दै छैटौं स्थानमा ।

चित्रबहादुर केसीको झ्याउरे गीत
विभेदपूर्ण बजेटमाथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको झ्याउरे गीत, थुकम भने गाईंको दूध, निलम् भने रम, खेलकुदमन्त्रीले यसै राजीनामा गोजीमा बोकेर हिडेको छु भनेका होइनन् ।

अनुदान हटाउन सिफारिस
एलपी ग्याँसमा दिँदै आएको अनुदान तीन वर्षभित्र हटाउन कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिको सिफारिस, हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सुझाव ।

सरकारलाई कांग्रेसको प्रश्न
सरकारलाई नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको प्रश्न, पार्टीको सदस्यता नवीकरण गरे पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्ने कि नमिल्ने ? संविधानतः जवाफ दिन माग ।

महान्यायाधिवक्ताको लिखित सुझाव माग
धितोपत्र बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ उम्मेदवारले कार्यप्रस्तुती तथा अन्तर्वार्ता नदिएपछि सिफारिस समिति अन्योलमा, सिफारिसबारे महान्यायाधिवक्ताको लिखित सुझाव माग, सोहि आधारमा निर्णय हुने ।

नेप्सेमा सुधार
बुधबार सेयर बजारमा झिनो सुधार, आज नेप्से २ दशमलब २७ अंकले बढेर दुई हजार ७८ दशमलब ७६ विन्दुमा बन्द, ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार ।

सुनको भाउ स्थिर
नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर, छापावाल सुन १ लाख ४२ हजार २ सय र तेजावी सुन १ लाख ४१ हजार ५ सयमा किनबेच, १० रुपैयाँले घटेको चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार ।।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर