काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको सुधार आएको छ ।
आज नेप्से २.२७ अंकले बढेर दुई हजार ७८ दशमलब ७६ विन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १३५ वटाको बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया