२९ चैत्र २०८२, आइतबार । April 13, 2026

असार ४ गते मंगलबार दिनभर के–के भयो ?

शिक्षामन्त्री सुमनाको दाबी ! अभियन्ताको नाममा ठगी ! लुक्ला विमानस्थल बन्द ! संसद्मै च्यातियो बजेट ! एप्पलविरुद्ध मुद्दा…


४ असार २०८१, मंगलबार  

51
Shares

शिक्षामन्त्रीको दाबी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीति दलको सदस्यता लिएका ८ सय २५ जना शिक्षकले सदस्यता त्यागेको बताएकी छन् । मंगलबार मन्त्रालयमा आफ्नो सय दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरुले राजनीतिक दलको सदस्यता त्याग गरेको तथ्याङ्क प्रस्तुत गरेकी हुन् । त्यस्तै आफू मन्त्री भएको सय दिनको अवधिमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उनले उल्लेख गरेकी छन् ।

अभियन्ताको नाममा ठगी
भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीय अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

संसद भवन घेराउ गर्ने चेतावनी
नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी समेत दिएका छन् ।

संसदमै च्यातियो बजेट
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् । अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका थिए ।

संसद सचिवालयका कर्मचारी अन्दोलित
विभिन्न ११ बुँदे मागसहित संघीय संसद सचिवालयका कर्मचारीहरुले धर्ना सुरु गरेका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता पाउनुपर्ने भन्दै उनीहरूले संसद परिसरमै धर्ना सुरु गरेका हुन् । कर्मचारी आन्दोलित भएपछि यस बिषयमा प्रतिनिधिसभा बैठकमा प्रश्न समेत उठेको छ ।

अनशन बस्ने डा.केसीको चेतावनी
प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्चले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् । डा.केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि अनशन सुरु गर्ने चेतावनी दिएका हुन् । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको पनि बताएका छन् ।

सङ्घीयताको औचित्यमाथि प्रश्न
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले संघीयता र प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । उनले संघीयता र प्रदेश सरकारको स्थायित्वका बारेमा औचित्य पुष्टि हुन नसक्दा निरन्तर प्रहार र प्रश्न उठ्ने गरेको पनि बताए । साथै उनले राज्य व्यवस्थालाई सशक्त र बलियो बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व