२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टी–२० विश्वकप

बुधबारदेखि सुपर–८ चरणका खेल सुरु, यस्तो छ तालिका…


४ असार २०८१, मंगलबार  

7.1k
Shares

एजेन्सी । वेष्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा पहिलो चरण अर्थात समूह चरणका खेलहरु सकिएका छन् ।

नेपाली समय अनुसार बुधबार रातिदेखि सुपर–८ चरणका खेलहरु सुरु हुनेछन् । सुपर–८ चरणमा पुग्ने ८ वटा टोलीको समूह विभाजन गरेर आईसीसीले खेल तालिका सार्वजनिक गरेको छ । जसमा सुपर–८ मा पुगेका ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर–८ चारण’ को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेका छन् । ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् ।

अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको ‘सुपर–८ चारण’ मा पुगेको हो । प्रतियोगिताको ‘सुपर–८ चारण’ को पहिलो खेल नेपाली समय अनुसार, बुधबार राति २०ः१५ बजे आयोजक अमेरिका र दक्षिण अफ्रिकाबिच खेलिने छ । दोस्रो खेल असार ६ गते बिहान ६ः१५ बजे इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिजको हुनेछ । त्यस्तै तेस्रो खेल पनि सोहि दिन राति ८ बजेर १५ मिनेटमा अफगानिस्तान विरुद्ध भारत हुनेछ ।

अर्को खेल असार ७ गते बिहान ६ः१५ मा अस्ट्रेलिया विरुद्ध बङ्गलादेश, असार ७ गते राति ८ः१५ मा इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिका को हुनेछ । असार ८ गते राति ८ः१५ बजे भारत विरुद्ध बङ्गलादेश, असार ९ गते बिहान ६ः१५ बजे अफगानिस्तान विरुद्ध अस्ट्रेलिया, असार ९ गते राति ८ः१५ बजे अमेरिका विरुद्ध इङ्गल्यान्डको हुनेछ । यस्तै असार १० गते बिहान ६ः१५ बजे वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिका, असार १० गते राति ८ः१५ बजे अस्ट्रेलिया विरुद्ध भारत, असार ११ गते बिहान ६ः१५ बजे अफगानिस्तान विरुद्ध बङ्गलादेश गरि सुपर–८ चरणमा जम्मा १२ वटा खेल हुनेछन् ।

‘सुपर–८ चारण’ को समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व