१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

बंगलादेशविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसैले बंगलादेशविरुद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लने छ ।

तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा रहने छ । नेपालले एक परिवर्तन गरेको छ । सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा रहनेछन् । समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।

शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई