२३ माघ २०८२, बिहिबार । February 6, 2026

टी–२० विश्वकप

सुपर–८ को दौडबाट बाहिरियो नेपाल



वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को दौडबाट नेपाल बाहिरिएको छ ।

समूह डी अन्तर्गत शनिबार बिहान आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिका सँग १ रनले पराजित भएसँगै सुपर–८ को दौडबाट बाहिरिएको हो । नेपाल समूह डी मा ३ खेलमा २ मा हार र १ मा नतिजा विहीन हुँदै १ अंकका साथ चौथो स्थानमा छ ।अन्तिम खेल नेपालले सोमबार बिहान बंगलादेशसँग खेल्नेछ । उक्त खेल जितेपनि ३ अंक मात्रै हुन्छ ।

जुन अंक सपर–८ मा आफनो स्थान सुरक्षित गर्न प्रयाप्त हुँदैन् । दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ अपराजित रहँदै सुपर–८ मा पुगेको छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा छ । समूह डी बाट नेपाल र श्रीलंकाको भने सुपर–८ को सपना समाप्त भएको छ ।

शनिबार बिहान भएको खेलमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपला निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन मात्रै बनाउन सक्यो । समूह ए बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष र अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ ।

समूह सी बाट वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीन खेलमा जितका साथ सुपर ८ मा पुगेका छन् । समूह डी मा दक्षिण अफ्रिका अपराजित रहँदै सुपर–८ मा पुगिसकेको छ भने अब बंगलादेश र नेदरल्यान्स मध्ये एक टोलीले मात्रै सुपर–८ को यात्रा तय गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल