२९ चैत्र २०८२, आइतबार । April 12, 2026

जेठ ३१ गते बिहीबार दिनभर के–के भयो ? (भिडियो सहित)

कार्यकर्तालाई ओलीको चेतावनी ! टीआरसीको झमेला ! बजेटमा सत्तापक्षकै असन्तुष्टी ! मन्त्रीलाई हिम्मतिलो हुन सुझाव ! बन्दीपुरमा चल्यो केबलकार…


३१ जेष्ठ २०८१, बिहिबार  

69
Shares

सहमतिबाटै शान्ति प्रक्रिया टुंगोमा पर्याउनुपर्ने जोड
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको र संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेकाले त्यसलाई सहमतिबाटै तत्काल पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम सकेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको पनि बताए ।

जलवायु परिवर्तन र नेपाल
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई विर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायको लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले जलवायु न्यायको विषय उठाएका हुन् । साथै उनले जलवायु परिवर्तनका नकारात्मक असरहरूको जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको राष्ट्रपति पौडेलको भनाई थियो ।

उद्योगिलाई ओलीको आश्वासन
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका छन् । साथै यो विवाद समाधानका लागि आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने पनि आवश्वासन दिएका छन् ।

बजेटमा सत्तापक्षकै असन्तुष्टी
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक बर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्रीलाई हिम्मतिलो हुन सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाव दिएका छन् । भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह थियो ।

लगानी बोर्ड खारेज गर्न माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोडै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको सो बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो ।

बालेनलाई अदालतको अंकुश
उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रहरी जवान मृत फेला
जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएका छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । उनलाई सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बन्दीपुरमा चल्यो केबलकार
तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व