९ पुस २०८२, बुधबार । December 25, 2025

जेठ ३१ गते बिहीबार दिनभर के–के भयो ? (भिडियो सहित)

कार्यकर्तालाई ओलीको चेतावनी ! टीआरसीको झमेला ! बजेटमा सत्तापक्षकै असन्तुष्टी ! मन्त्रीलाई हिम्मतिलो हुन सुझाव ! बन्दीपुरमा चल्यो केबलकार…



सहमतिबाटै शान्ति प्रक्रिया टुंगोमा पर्याउनुपर्ने जोड
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको र संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेकाले त्यसलाई सहमतिबाटै तत्काल पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम सकेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको पनि बताए ।

जलवायु परिवर्तन र नेपाल
राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई विर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायको लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले जलवायु न्यायको विषय उठाएका हुन् । साथै उनले जलवायु परिवर्तनका नकारात्मक असरहरूको जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको राष्ट्रपति पौडेलको भनाई थियो ।

उद्योगिलाई ओलीको आश्वासन
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका छन् । साथै यो विवाद समाधानका लागि आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने पनि आवश्वासन दिएका छन् ।

बजेटमा सत्तापक्षकै असन्तुष्टी
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक बर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्रीलाई हिम्मतिलो हुन सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाव दिएका छन् । भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह थियो ।

लगानी बोर्ड खारेज गर्न माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोडै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको सो बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो ।

बालेनलाई अदालतको अंकुश
उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । नगर प्रहरीले व्यवसायीहरुका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रहरी जवान मृत फेला
जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएका छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । उनलाई सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बन्दीपुरमा चल्यो केबलकार
तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist