१ कार्तिक २०८३, आइतबार । October 18, 2026

टी–२० विश्वकप

नामिबियाले अस्ट्रेलियालाई दियो ७३ रनको झिनो लक्ष्य


३० जेष्ठ २०८१, बुधबार  

54
Shares

काठमाडौं । टी–२० विश्वकपको बुधबार खेलिएको खेलमा नामिबियाले अस्ट्रेलियालाई जितका लागि केवल ७३ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए ।

जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि