२३ माघ २०८२, बिहिबार । February 5, 2026

टी–२० विश्वकप

नामिबियाले अस्ट्रेलियालाई दियो ७३ रनको झिनो लक्ष्य



काठमाडौं । टी–२० विश्वकपको बुधबार खेलिएको खेलमा नामिबियाले अस्ट्रेलियालाई जितका लागि केवल ७३ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए ।

जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल