४ असार २०८३, बिहिबार । June 18, 2026

फिफा विश्वकप छनोट

अंकबिहीन हुनबाट जोगियो नेपाल, यमनसँग खेल्यो बराबरी


३० जेष्ठ २०८१, बुधबार  

222
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ।

बुधबार विहान साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको हो। यमनले नासिर अहमेदले नवौं मिनेटमा गरेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। नेपालका लागि सन्जिव विष्टले २२ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। जिलेस्पीजंग कार्कीले ६६ मिनेटमा गोल गरेपछि खेलमा नेपालले अग्रता लिएको थियो।

तर नेपाल अन्तिम समयमा सम्हालिन सकेन। यमनका सब्सिच्युट खेलाडी मोहमद दानीले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गरे। छनोटमा नेपाल समूह ‘एच’ मा चौथो भयो। नेपालले युएई र बहराइनविरुद्धका दुवै खेल गुमायो। यमनविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो।

अन्तिम खेलमा यमनसँग बराबरी खेल्दा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा