२१ मंसिर २०८२, शनिबार । December 6, 2025

फिफा विश्वकप छनोट

अंकबिहीन हुनबाट जोगियो नेपाल, यमनसँग खेल्यो बराबरी



काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ।

बुधबार विहान साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको हो। यमनले नासिर अहमेदले नवौं मिनेटमा गरेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। नेपालका लागि सन्जिव विष्टले २२ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। जिलेस्पीजंग कार्कीले ६६ मिनेटमा गोल गरेपछि खेलमा नेपालले अग्रता लिएको थियो।

तर नेपाल अन्तिम समयमा सम्हालिन सकेन। यमनका सब्सिच्युट खेलाडी मोहमद दानीले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गरे। छनोटमा नेपाल समूह ‘एच’ मा चौथो भयो। नेपालले युएई र बहराइनविरुद्धका दुवै खेल गुमायो। यमनविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो।

अन्तिम खेलमा यमनसँग बराबरी खेल्दा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको