१६ पुस २०८२, बुधबार । January 1, 2026

टी–२० विश्वकप

लय गुमाएको पाकिस्तान ‘गर या मर’ को अवस्थामा



काठमाडौं । वेष्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज राति पाकिस्तान र क्यानडाबिच भिडन्त हुँदैछ ।

खेल नेपाल समय अनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । पाकिस्तान र क्यानडा समूह ए मा रहेका छन् । उक्त समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि रहेका छन् । समूह ए मा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । जसमा चार अंकसहित भारत पहिलो र चार अंकसहित अमेरिका दोस्रो र दुई अंकसहित क्यानडा तेस्रो स्थानमा रहेका छन् ।

हालसम्म पाकिस्तान र आयरल्यान्डले भने खाता खोल्न सकेका छैनन् । यस्तो अवस्थामा पाकिस्तानी टोली आज राति हुने खेल जित्नैपर्ने दबाबमा छ । क्यानडासँग पराजित भए पाकिस्तानी टोली जारी विश्वकपको समूह चरणबाटै बाहिरिने पक्का छ । अर्कोतिर क्यानडा पनि पाकिस्तानलाई पराजित गर्दै सुपर–८ मा आफ्नो स्थान बलियो बनाउने धुनमा रहेको छ । टी–२० विश्वकपमा पाकिस्तानी टोलीको यो नवौँ सहभागिता हो ।

पाकिस्तानले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै नियमित रुपमा टी–२० विश्वकपमा आफ्नो सहभागिता जनाउँदै आएको छ । यता क्यानडाको भने टी–२० विश्वकपमा यो नै पहिलो सहभागिता हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो ।

त्यतिबेला पाकिस्तानी टोलीले फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा ४९ खेल खेलिसकेको छ । त्यसमध्ये २८ खेलमा विजयी भएको छ भने १९ खेलमा पराजित भएको छ । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा हालसम्म केवल दुई खेल खेलेको छ । क्यानडाले एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान छैटौँ र क्यानडा २३औँ स्थानमा छन् । वरीयतालाई आधार मान्दा क्यानडाभन्दा पाकिस्तानी टोली निकै बलियो देखिन्छ । तर, पछिल्लो समय पाकिस्तानी टोली लयमा देखिएको छैन् ।

टी–२० क्रिकेटमा भने हालसम्म पाकिस्तान र क्यानडाबीच एकपटक मात्रै भिडन्त भएको छ । जुन खेलमा पाकिस्तानले क्यानडालाई ३५ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ५ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई