८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

लय गुमाएको पाकिस्तान ‘गर या मर’ को अवस्थामा


२९ जेष्ठ २०८१, मंगलबार  

42
Shares

काठमाडौं । वेष्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज राति पाकिस्तान र क्यानडाबिच भिडन्त हुँदैछ ।

खेल नेपाल समय अनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । पाकिस्तान र क्यानडा समूह ए मा रहेका छन् । उक्त समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि रहेका छन् । समूह ए मा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । जसमा चार अंकसहित भारत पहिलो र चार अंकसहित अमेरिका दोस्रो र दुई अंकसहित क्यानडा तेस्रो स्थानमा रहेका छन् ।

हालसम्म पाकिस्तान र आयरल्यान्डले भने खाता खोल्न सकेका छैनन् । यस्तो अवस्थामा पाकिस्तानी टोली आज राति हुने खेल जित्नैपर्ने दबाबमा छ । क्यानडासँग पराजित भए पाकिस्तानी टोली जारी विश्वकपको समूह चरणबाटै बाहिरिने पक्का छ । अर्कोतिर क्यानडा पनि पाकिस्तानलाई पराजित गर्दै सुपर–८ मा आफ्नो स्थान बलियो बनाउने धुनमा रहेको छ । टी–२० विश्वकपमा पाकिस्तानी टोलीको यो नवौँ सहभागिता हो ।

पाकिस्तानले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै नियमित रुपमा टी–२० विश्वकपमा आफ्नो सहभागिता जनाउँदै आएको छ । यता क्यानडाको भने टी–२० विश्वकपमा यो नै पहिलो सहभागिता हो । पाकिस्तान टी–२० विश्वकपको पूर्वविजेता पनि हो । पाकिस्तानले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो ।

त्यतिबेला पाकिस्तानी टोलीले फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा ४९ खेल खेलिसकेको छ । त्यसमध्ये २८ खेलमा विजयी भएको छ भने १९ खेलमा पराजित भएको छ । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा हालसम्म केवल दुई खेल खेलेको छ । क्यानडाले एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान छैटौँ र क्यानडा २३औँ स्थानमा छन् । वरीयतालाई आधार मान्दा क्यानडाभन्दा पाकिस्तानी टोली निकै बलियो देखिन्छ । तर, पछिल्लो समय पाकिस्तानी टोली लयमा देखिएको छैन् ।

टी–२० क्रिकेटमा भने हालसम्म पाकिस्तान र क्यानडाबीच एकपटक मात्रै भिडन्त भएको छ । जुन खेलमा पाकिस्तानले क्यानडालाई ३५ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ५ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो