१७ पुस २०८२, बिहिबार । January 1, 2026

मंगलबार पनि बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार नेप्से परिसूचक ३३ दशमलव १५ अंकले वृद्धि भएर २११५ दशमलव २४ को बिन्दुमा पुगेको छ ।

कम सेयर सप्लाई हुँदा ट्रेडरको रोजाइमा परेको हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो ।पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो भने बजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो ।

जसले गर्दा मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको छ । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ । सोमबार ५ अर्ब ४९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघेको छ ।

७४ हजार ८७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाखको कारोबार भएको हो । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई