७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

जेठ २८ गते सोमबार दिनभर के–के भयो ? (भिडियो सहित)

जोगियो गण्डकी सरकार ! सुदूरपश्चिममा भाँडभैलो ! सहकारी प्रकरणले संकटमा गृहमन्त्री ! दुर्गा प्रसाईंलाई राहत ! त्रिविको जग्गा खोजिँदै ! बढ्यो रेमिटेन्स ! महँगी साढे ४ प्रतिशत…



जोगियो गण्डकी सरकार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष्मा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् । यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित सांसद् हुन् ।

त्रिविको जग्गा खोजिँदै
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा चल अचल सम्पति खोज्न गठित समितिले काम सुरु गरेको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले काम सुरु गरेको हो । समितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार मन्त्रालयमा स्वागत गरेसँगै समितिले काम अघि बढाएको हो । समितिल प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका भित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजबिन तथा लगत संकलन गर्नेछ ।

सहकारी प्रकरणले संकटमा गृहमन्त्री
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा मिसिल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबारको सुनुवाइमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश दिएको हो । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि पोखरा प्रहरी कार्यालयमा पेस भएको जाहेरी पेस गर्न भनेको थियो । तर आजको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस नगरेपछि मिसिलहरू मगाउने बारे बहस भएको थियो ।

दुर्गा प्रसाईंलाई राहत
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफरिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौं विश्वविद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

महँगी साढे ४ प्रतिशत
नेपाल राष्ट बैंकले गत बैशाखमा महंगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महिना मुद्रास्फीति ७ दशमलव ४१ प्रतिशत रहेको थियो ।

बढ्यो रेमिटेन्स
रेमिटेन्स आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक बर्षको १० महिनामा १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो । अघिल्लो बर्षको सोहि अवधिमा २३ दशमलव ४ प्रतिशत रेमिटेन्स आप्रवाह बढेको थियो ।

बढ्यो विदेशी विनिमय सञ्चिति
मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे १९ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । यो परिमाणमा २६ दशमलव २ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा