२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टी–२० विश्वकप

बङ्गलादेश र दक्षिण अफ्रिका भिड्दै, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड…


२८ जेष्ठ २०८१, सोमबार  

216
Shares

काठमाडौं । अमेरिका र वेष्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा सोमबार राति दुई टेष्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशबीच भिडन्त हुँदैछ् ।

खेल नेपाली समय अनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको हो । यो त्यही रंगशाला हो जहाँ गएराति भारत र पाकिस्तानको खेल भएको थियो । दक्षिण अफ्रिका र बंगलादेश प्रतियोगिताको समूह डी मा रहेका छन् । उक्त समूहमा, नेपालसहित श्रीलंका र नेदरल्यान्ड्स पनि रहेका छन् ।

यो समूहमा नेपाल र बंगलादेश बाहेक अन्य सबै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । आज हुने खेल बंगलादेशका लागि जारी विश्वकपमा दोस्रो खेल हो भने नेपालले आगमी १२ तारिखमा आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ् । यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

यस्तै समूहको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा बंगलादेशले श्रीलंकालाई दुई विकेटले हराएको थियो । यस्तै चौथौ खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको थियो । समूह चरणमा दुई खेल जितेको दक्षिण अफ्रिका ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने १ खेल जितेको बंगलादेश २ अंकसहित दोस्रो र दुई अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।

हालसम्म नेपाल र श्रीलंकाले भने खाता खोल्न सकेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ र बंगलादेश नवौँ स्थानमा छन् । टी–२० विश्वकपमा यी दुवै टोलीले नवौँपटक सहभागिता जनाएका हुन् । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै यी दुवै टोलीले नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । दक्षिण अफ्रिका सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । बंगलादेश भने एकपटक प्रतियोगिताको सुपर–८ चरणसम्म पुगेको छ ।

दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपमा कुल ४२ खेल खेलिसकेको छ । दक्षिण अफ्रिका त्यसमध्ये २६ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकाको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यसैगरी बङ्गलादेशले हालसम्म टी–२० विश्वकपमा कुल ३९ खेल खेलेको छ । बंगलादेशी टोलीले त्यसमध्ये १० खेलमा जित हात पारेको छ भने २८ खेलमा पराजय ब्यहोरेको छ । बंगलादेशको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

टी–२० विश्वकपमा हालसम्म बङ्गलादेशले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन । यी दुई टोलीबिच हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा कुल आठ खेल खेलिएको छ । त्यसमध्ये आठवटै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । यसैगरी टी–२० विश्वकपमा हालसम्म यी दुई टोलीबिच कुल तीन खेल खेलिएको छ ।

त्यसमध्ये तीनवटै खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व