२८ चैत्र २०८२, शनिबार । April 12, 2026

टी–२० विश्वकप

पाकिस्तानको लगातार दोस्रो हार,भारत ६ रनले विजयी


२८ जेष्ठ २०८१, सोमबार  

636
Shares

एजेन्सी । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ ।

समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १ सय १३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व