२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

पाकिस्तानको लगातार दोस्रो हार,भारत ६ रनले विजयी



एजेन्सी । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ ।

समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १ सय १३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए ।

बाबर आजम, उस्मान खान र फखार जमानले १३–१३ रन जोडे । सादब खान ४ र इफ्तिखर अहमदले ५ रन बनाए । नसिम साहले ४ बलमा २ चौकासहित १० रन बनाए । भारतका जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको